Kathmandu Press

चलचित्र पत्रकार संघबाट १८ सदस्यले दिए सामूहिक राजीनामा

केही समयअघि बलामीविरूद्ध एक महिला पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। यसबारे छानबिन गर्न संघद्वारा गठित समितिले अनुसन्धान प्रक्रिया जारी राखेको अवस्थामा बुधबार सम्पन्न नवौं महाधिवेशनबाट बलामी अध्यक्ष नियुक्त भएका थिए।
चलचित्र पत्रकार संघबाट १८ सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं, फागुन १९ : चलचित्र पत्रकार संघ नेपालका १८ सदस्यले बिहीबार सामूहिक राजीनामा दिएका छन्। एक महिला पत्रकारविरूद्ध यौन दुर्व्यवहारको मुद्दामा संघ आफैंले अनुसन्धान गरिरहेका समीर बलामी अध्यक्ष नियुक्त भएपछि १८ जनाले सामूहिक राजीनामा दिएका हुन्।

केही समयअघि बलामीविरूद्ध एक महिला पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। यसबारे छानबिन गर्न संघद्वारा गठित समितिले अनुसन्धान प्रक्रिया जारी राखेको अवस्थामा बुधबार सम्पन्न नवौं महाधिवेशनबाट बलामी अध्यक्ष नियुक्त भएका थिए।

Hardik ivf

राजीनामा दिनेमा पुष्पा थपलिया, संगीता गिरी, सुशील पौडेल, सम्झना उप्रेती रौनियार, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, रिना मोक्तान, गणेश वली, लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जीवी सापकोटा, सुशील नेपाल, लक्ष्मी बलायर, बैकुन्ठराज पराजुली, स्वेच्छा राउत, सविन ढकाल र संगीता श्रेष्ठ छन्।

बलामीले अध्यक्षमा उम्मेदवारी दिएपछि बन्दसत्रमा विरोध गरिएको उनीहरूले बताएका छन्। दुर्व्यवहारमा परेकी सदस्यले दाबी विरोधसमेत गरेकी थिइन्।

विरोधका बाबजुद बलामीको उम्मेदवारी कायम राखी विजयीसमेत भएको अवस्थामा हामीले संघमा रहन असुरक्षित महसुस गरेका छौं, १८ सदस्यको सामूहिक राजीनामा भनिएको छ, यौन दुर्व्यवहारको आरोप लागेर मुद्दा किनारा नलागिसकेको अवस्थामा बलामीकै नेतृत्वमा संघमा बसिरहन असुरक्षित, असहज र नैतिक रूपमा सकसको अवस्था भएकाले हामीले राजीनामा पेस गरेका छौं। 

प्रकाशित मिति: ०७:५६ बजे, शुक्रबार, फागुन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्