उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना
महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ भने देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
काठमाडौं, फागुन १९ : हाल देशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ । जसको कारण आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ भने देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक,दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै भोलि शनिबार पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: ०७:४७ बजे, शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)