प्रधानमन्त्रीद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई

काठमाडाैं, फागुन १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन।
प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पुर्याएकाे याेगदानको उच्च प्रशंसासमेत गरेका छन।
उनले भनेका छन, 'श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।'
प्रकाशित मिति: २०:२४ बजे, बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










