Kathmandu Press

आर्थिक अनियमितता ठहर भएपछि सेनाकाे उपरथी शाही सेवाबाट निष्कासन

आर्थिक अनियमितता ठहर भएपछि सेनाकाे उपरथी शाही सेवाबाट निष्कासन

काठमाडाैं, फागुन १८ : आर्थिक अनियमितता गरेको ठहर गर्दै सेनाकाे उपरथी प्रेम शाहीलाई नेपाली सेनाको कोर्ट मार्सलले सेवाबाट निष्कासन गरेको छ । बिहीबार सेनाको कोर्ट मार्सलले उनलाई सेवाबाट निष्कासित गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका अनुसार उपरथी शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतहरू प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई पनि सैनिक ऐनअनुसार आन्तरिक कारबाही गरिएकाे छ। झन्डै दुई महिनाको अनुसन्धानपछि सेनाको कोर्ट मार्सलले शाहीविरुद्धको फैसला सुनाइएको हो ।

उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन भक्एाे थियाे। उक्त कोर्ट अफ इन्क्वायरीले छानबिन गर्दा थप दुई सैनिक अधिकृतहरू पनि जोडिन आएपछि सेनाले थप अनुसन्धानका लागि दुवैलाई बोलाइएको थियो ।

कति रकम कहाँ-कहाँ अनियमितता गरेको भन्ने फैसलाको पूर्णपाठ भने आउन बाँकी छ‚’ प्रवक्ता भण्डारीले भने‚ ‘यो प्रारम्भिक फैसला हो ।’ यसअघि प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई बुधबार सर्वोच्च अदालतले तीन दिनभित्र हाजिर गराउनका लागि नेपाली सेनालाई आदेश दिएको थियो ।

प्रकाशित मिति: १९:४२ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्