रामचन्द्र पौडेलले भेटे रेशम चौधरी
भेटमा नेता पौडेलले राष्ट्रपतिमा जितका लागि सकेको वातावरण बनाइदिन चौधरीसमक्ष अनुरोध गरे। चौधरीले आफूलाई भेट्न जेलसम्मै आइदिएकामा पौडेललाई धन्यवाद दिएकाे बताइएकाे छ।
काठमाडौं, फागुन १८ : आठदलीय गठबन्धनबाट राष्ट्रपतिका लागि साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक सल्लाहकार रेशम चौधरीलाई भेटेका छन्।
आठदलीय नयाँ गठबन्धनमा सामेल छँदैछ । अनि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँग सबै शीर्ष नेताहरुको कुरा भइरहन्छ ।
तर राष्ट्रपति प्रत्याशी रामचन्द्र पौडेललाई नाउपाका संरक्षक रेशम चौधरी भेट्ने मन भयो । उनी आज (बिहीबार)डिल्लीबजार कारागार पुगेर चौधरीलाई भेट गरेका हुन्।
भेटमा नेता पौडेलले राष्ट्रपतिमा जितका लागि सकेको वातावरण बनाइदिन चौधरीसमक्ष अनुरोध गरे। चौधरीले आफूलाई भेट्न जेलसम्मै आइदिएकामा पौडेललाई धन्यवाद दिएकाे बताइएकाे छ।
चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नाउपा आठ दलीय गठबन्धनको एउटा घटक हो। टीकापुर घटनाका मुख्य दोषी ठहर भई हाल राजबन्दीका रूपमा रहेका चौधरीको रिहाइ हुनुपर्ने माग नाउपाले अघि सारिरहेको छ।
पौडेलले पार्टीले राष्ट्रपतिको उम्मेदवारमा अघि सारेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निवासमै भेटेका थिए। उनले आज रास्वपा कार्यालयमा पुगेर पुनः लामिछानेलाई भेटेर मत मागेका छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










