Kathmandu Press

विश्वकप क्रिकेट लिग–२ : नेपाल युएईसँग ६८ रनले पराजित 

२०८ रनको लक्ष्य पछ्याएको नेपालले ३१.५ ओभरमा सबै विकेट गुमाएर १३९ रनमात्रै बनाउँदा युएई ६८ रनले विजयी भएको हो । 
विश्वकप क्रिकेट लिग–२ : नेपाल युएईसँग ६८ रनले पराजित 

काठमाडौं, फागुन १८ : आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । युएईको घरेलु मैदानमा २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३१.५ ओभरमा सबै विकेट गुमाएर १३९ रनमात्रै बनाउँदा युएई ६८ रनले विजयी भएको हो । 

खराब सुरुवात गरेको नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । ६ बलमात्रै खेल्न पाएका कुशलले ५ रन बनाएर मैदान छाडे । ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेल शून्य रनमै आउट भएपछि नेपाल दबाबमा परेको थियो । खेलको सातौँ ओभर सकिँदा नेपालले तीन विकेट गुमाइसकेको थियो । 

८ औं ओभरमा आशिफ शेख र ११ औं ओभरमा आरिफ शेख आउट भएपछि नेपाली टोली संकटमा पुेगेको थियो । आशिफले १७ रन बनाउँदा आरिफ शून्य रनमै आउट भएका थिए । आजको खेलमा कुशल मल्लको प्रदर्शन उत्कृष्ठ थियो । उनले ५३ बलमा ९ चौका र १ छक्का सानदार ब्याटिङ गर्दै ६० रनको स्कोर जोडे ।

१८ औं ओभरमा कुशल मल्लको विकेट गुमेपछि नेपालको जित्ने सम्भावना कम भएको थियो । लगत्तै क्रिजमा आएका दिपेन्द्र सिंह ऐरी र सोमपाल कामी टिक्न नसक्दा नेपालको जित्ने सम्भावना सकिएको थियो । सन्दीप लामिछानेले करण केसीलाई राम्रो साथ दिएका थिए । खेलमा सन्दीपले अविजित २६ रन बनाए । २४ बल खेलेका सन्दीपले ४ चौका प्रहार गरे । करण केसी ५ रनमै आउट भएपछि नेपाल पराजित भएको थियो । अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

युएईका लागि रोहन मुस्ताफा र कार्थिक मैयाप्पनले समान तीनतीन विकेट लिए । जुनेद सिद्धिकीले दुई विकेट लिँदा सबिर अलि र जहुर खानले समान एकएक विकेट लिए । 

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ युएईले निधारित ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएकाे थियाे। 

युएइृका लागि ओपनर आसिफ खानले सर्वाधिक ७२ रन बनाए। उनले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै अनुभवी खेलाडी रोहन मुस्तफाले नटआउट अर्धशतक बनाए। उनले ७६ बलमा २ चौका प्रहार गर्दै ५२ रन बनाए।

यस्तै, आर्यन लाक्राले २८, कप्तान चुन्दनगापोली रिजवानले २२ र भृत्य अरविन्दले १८ रनको योगदान दिए।नेपालका लागि यसै खेलमार्फत टिममा फर्किएका सन्दीपले १० ओभरमा १७ रन मात्र खर्चेर ३ विकट लिए। यस्तै, कुशल मल्ल, आरिफ सेख र करण केसीले समान १ विकेट लिए।

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्