Kathmandu Press

कांग्रेस सासंद पौडेल र मेयर बालेनबीच भेट, महानगर सुधारका निम्ति छलफल

भेटमा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको नेता पौडेलले जानकारी दिए। 
कांग्रेस सासंद पौडेल र मेयर बालेनबीच भेट, महानगर सुधारका निम्ति छलफल

काठमाडौं, फागुन १८ : नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित प्रदिप पौडेल र काठमाडौं महानगरका प्रमुख मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। 

भेटमा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको नेता पौडेलले जानकारी दिए। 

कलंकी देखि धोबी खोला सम्म रिङ्ग रोड विस्तारलाई तिव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माण कार्य अघि बढाउने, ३, मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने लगायतका बिषयमा छलफल भएको हो। 

यस्तै हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने लगायतका बिषयमा छलफल भएको पौडेलले बताए। 

छलफल अत्यन्तै सकारात्मक भएको र काठमाडौं प्रमुखले बालेनले महानगर सुधारका निम्ति देखाएको तत्परता र ऊर्जाले निरन्तर सहकार्य हुने विश्वास आफूले लिएको पौडेलले जनाएका छन्।

प्रकाशित मिति: १७:३४ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्