Kathmandu Press

सुवास रेग्मीविरुद्धको उजुरीमाथि ६ संघसंस्थाको समर्थन, अनुसन्धानमा सघाउने

आचार्यले उठाएका मुद्दा साथै जाहेरी र रेग्मीको हर्कतविरुद्ध गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, नेपाल सांगीतिक संघ, राष्ट्रिय संगीतकर्मी संघ, नेपाल संगीत उद्योग संघ र प्रश्तोता समाज नेपालले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै निज रेग्मीका अशोभनीय कार्यको भर्त्सना समेत गरेका छन्।
सुवास रेग्मीविरुद्धको उजुरीमाथि ६ संघसंस्थाको समर्थन, अनुसन्धानमा सघाउने

काठमाडौं, फागुन १८ : सामाजिक सञ्जाल फेसबुकमा चरित्रहत्या हुनेगरी घृणित पोस्ट गरेपछि पक्राउ परेका बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीविरुद्ध उजुरी दिने गीतकार तथा स्रष्टा अधिकारकर्मी महेश आचार्यको समर्थनमा ६ वटा संस्थाले ऐक्यवद्धता जनाएका छन्।

आचार्यले उठाएका मुद्दा साथै जाहेरी र रेग्मीको हर्कतविरुद्ध गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, नेपाल सांगीतिक संघ, राष्ट्रिय संगीतकर्मी संघ, नेपाल संगीत उद्योग संघ र प्रश्तोता समाज नेपालले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै निज रेग्मीका अशोभनीय कार्यको भर्त्सना समेत गरेका छन्। आम जनसमुदायको भावनासहित उक्त जाहेरी उपर भएको अनुसन्धानमा समर्थन जनाउँदै उक्त कार्यप्रति साथ र सहयोग रहेको प्रतिवद्धतासहित भविष्यमा यस्ता प्रवृत्तिहरु सदाका लागि निर्मूल गर्न उनीहरुको माग छ। 

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाह, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर तथा प्रस्तोता समाज नेपालका महासचिव भिषण मुकारुङद्वारा संयुक्त रुपमा हस्ताक्षरित उक्त विज्ञप्तीमार्फत उनीहरुले पछिल्लो समय देखिएको विकृतिप्रति खेद प्रकट गरेका हुन्।

Hardik ivf

‘पछिल्लो समय हाम्रा संस्थागत र सामूहिक अपीलहरुलाई वेवास्ता गर्दै स्रष्टा र सर्जकहरुको सिर्जना तथा कृतिहरुको आडमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका विन्द्ययवासिनी म्यूजिक प्रालिका सञ्चालक सुवास रेग्मीले आफ्नो सामाजिक सञ्जाल, फेसुबकको गलत तबरले दुरुपयोग गर्दै देशका चर्चित तथा अग्रज गीतकार, संगीतकार, गायक, गायिका, वाद्यवादक पत्रकार, नेता तथा सामाजिक अभियन्तासमेतलाई लक्षित गरी पढ्नै र सुन्न नसकिने अपमानजनक बेइजतीपूर्ण र समाजमा अफवाह फैलाउने फोहोर शब्दहरु लेखी अत्यन्त निन्दनीय कार्य गरेको प्रति हामी सिंगो सांगीतिक क्षेत्र नै दुखित भएका छौं र निजको सो कार्यप्रति खेद प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

रेग्मीलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरी हिरासतमा राखेको छ। साथै अनुसन्धानको लागी सरकारी वकिल कार्यालयमार्फत म्याद थप समेत गरेको छ। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।  थाइल्याण्डबाट फर्कंदै गर्दा उनलाई पक्राउ गरेको हो। 

नेपाली सांगीतिक क्षेत्रका कलाकारलाई सामाजिक सञ्जालमा गाली गलौज गरिएको उजुरीका आधारमा रेग्मी पक्राउ परेका हुन्। उनीविरुद्ध पहिले पनि नेपालका ५७ जना स्रष्टा तथा कलाकारले ध्यानाकर्षण गराउँदै जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएका थिए। रेग्मी रोयल्टी संकलन समाजको उपाध्यक्ष समेत हुन्।

उजुरीकर्ता आचार्यले रेग्मीजस्ता व्यक्तिको प्रबृत्ति र सांगीतिक क्षेत्रमा देखिएको कुरुतीविरुद्ध आफ्नो लडाइँ रहेको प्रतिक्रिया दिएका छन्। उनी भन्छन्, ‘सम्पूर्ण स्रष्टा, कलाकारको प्रतिनिधि पात्रको रुपमा न्यायको लडाइँ लडिरहेको छु। यो लडाइँले रोयल्टी पारदर्शी बनाउन र प्रतिलिपि अधिकारका विषयलाई लिएर बारम्बार उठ्ने विवादको निरुपण गर्न सहयोग पुग्ने अपेक्षा छ।’ उनले साईबर ब्युरोको अनुसन्धानको प्रशंसा गर्दै गीत सङ्गीत क्षेत्रका सम्पुर्ण संघ सस्थाप्रति आभार प्रकट गरेका छन्।

334724599_947144303127666_7929252463698293072_n1677757729.jpg

 

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्