‘पौडेललाई समर्थन गर्ने दलको संख्या ११ पुगिसक्यो, अझै बढ्न सक्छ’

काठमाडौं, फागुन १८ : फागुन नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा दुईमत नरहेको दाबी गरेका छन्।
आज (बिहीबार) काठमाडौंमा भएको आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रदेशमा मात्रै रहेका दुईसहित पौडेललाई समर्थन गर्ने दल संख्या ११ पुगिसकेको बताए।
उनले अहिलेको परिस्थितिलाई बुझ्ने उपयुक्त पात्र पौडेल मात्रै भएको उल्लेख गर्दै समर्थन अझै बढ्ने सम्भवना रहेको दाबी गरे।
‘राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट हाम्रो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ,’ उनले भने, ‘उहाँका लागि अहिलेसम्म ११ दलहरुले नै समर्थन गर्नुहुने भएको छ। अरु दलहरुबाट पनि समर्थन प्राप्त हुन सक्छ। किनभने अहिलेको लागि उपयुक्त पात्र उहाँ नै हो।’
प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










