राष्ट्रिय शक्तिहरु एकताबद्ध भएर अघि बढ्नु आवश्यक : अध्यक्ष नेपाल
अध्यक्ष नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्द्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए।
काठमाडौं, फागुन १८ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा आठ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन्।
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने सन्दर्भमा सत्ता गठबन्धनका आठ दलका संघीय सांसदहरुका लागि काठमाडौंमा आज (बिहीबार) भएको प्रशिक्षण कार्यक्रमपछि बाहिरिने क्रममा उनले भने, ‘राष्ट्रपतिमा रामचन्द्र पौडेलजी विजयी हुनेमा विश्वस्त छौं। उहाँको पक्षमा भोट खसाल्ने विश्वास दिलाउँदै मैले आफ्नो कुरा टुंग्याएको छु।’
विगतका राष्ट्रपतिबाट हुन गएको त्रृटिहरुबारे ध्यानमा राखेर अब आउने राष्ट्रपतिले गम्भीर हुनुपर्नेमा उनले जोड दिए। अध्यक्ष नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्द्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए।
उनले राष्ट्रसामु देखापरेका चुनौतीहरुलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरु एकताबद्ध भएर जानुपर्ने आवश्यकता पनि उनले औंल्याए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










