चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपतिको निर्देशन

काठमाडौं, फागुन १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर सडक निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी हुन् ।
ग्रामीण विकास टुकी सङ्घको टुकी अवधारण र अभियानको ४५औँ वर्ष सम्पन्न भएको अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै राष्ट्र«पतिले भारत र चीन जोड्ने सडक निर्माण गर्न ढिलाइ गर्न नहुने बताएकी हुन्।
दोलखा जिल्लाको विकासका लागि डाँङडुगे डाँडामा अन्तर्राष्टियस्तरको फिल्म सिटी बन्ने घोषणा भएको तर काम तदारुपताका साथ अघि नबढेकाले ढिलासुस्ती नगर्न राष्ट्रपति भण्डारी आग्रह गरिन्।
पवित्र धार्मिकस्थल भीमेश्वर महादेवकोे दर्शनपछि दोलखा सदरमुकाम चरिकोटमा टुकी प्रदर्शनी कार्यक्रमलाई उनले सम्बोधन गरेकी हुन् । जिल्लामा ४५ वर्षअघि ग्रामीण भेगका किसानको जीवनस्तर उकास्न टुकी अवधारणा सुरु गरिएको थियो ।
गरिबीको रेखामुनी रहेका कृषकलाई व्यावसायिक कृषिको तालिम प्रदान गरी टुकी नामाकरण गरिएको दिनलाई स्मरण गरिएको छ । स्थापनाकालदेखि हालसम्म प्रतिबद्ध टुकीको अथक प्रयासले विकासको यो अवधारणा सफल भएको टुकी सङ्घका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले राष्ट्रपतिलाई जानकारी गराए।
जिल्लाभर करिब छ सय टुकीहरु सक्रिय भएको १४ वर्षपछि विसं २०४८ मा जिल्लामा सङ्घको विधिवत गठन गरिएको थियो । टुकी सङ्घमार्फत जिल्लाका हरेक कुना काप्चामा पुगेर विकासे काम गरिएको र काममा निष्पक्षता साथै पारदर्शिता अपनाउँदै आइएको टुकी सङ्घका कार्यकारी निर्देशक श्रेष्ठले बताए।
जिल्लाका सबै स्थानीय तहसम्म संरचना निर्माण गर्ने र टुकी अभियान विस्तार गर्दै विशुद्ध सामाजिक अभियान फैलाउने कनम गरेको उनले जानकारी द्यिए। । टुकीको मूल मन्त्र जल, थल, मल, बल, फलसम्बन्धी विषयवस्तुमा आधारित सैद्धान्तिक र व्यावहारिक ज्ञान र सीप हस्तान्तरण हुने १५ देखि २१ दिनसम्मको सघन अगुवा कृषक र ग्रामीण विकास स्वयंसेवक (टुकी) तालिम टुकी सिर्जना गर्ने मूल आधार भएको अध्यक्ष मकरध्वाज पाखरिनले बताए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










