Kathmandu Press

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित : प्रदीप पाैडेल

राष्ट्रपति भएपछि रामचन्द्र पौडेलले पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ण राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने तथा राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्ने विश्वास उनले व्यक्त गरे।
राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित : प्रदीप पाैडेल

काठमाडौं, फागुन १८ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका साझा उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको बताएका छन्।

आज (बिहीबार) काठमाडौँमा भएको आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताले आफ्ना सांसदहरुलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको बताए।

राष्ट्रपति भएपछि रामचन्द्र पौडेलले पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ण राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने तथा राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्ने विश्वास उनले व्यक्त गरे।

सांसद पौडेलले राष्ट्रपति पद देशको अभिभावकको रूपमा र संविधानको संरक्षकको रूपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्नु नहुने धारणा व्यक्त गरे।   

प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्