संविधानको संरक्षण गरी राष्ट्रको गरिमा राख्नेछु : रामचन्द्र पौडेल
सत्ता गठबन्धनका आठ दलका संघीय सांसदहरुको काठमाडौंमा बुधवार भएको भेलामा पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन्।
काठमाडौं, फागुन १८ : आठ दल तर्फबाट राष्ट्रपतिका उम्मेदवार रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतका राष्ट्रपतिबाट भएका गल्ती कमिकमजोरी आफूले नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।
सत्ता गठबन्धनका आठ दलका संघीय सांसदहरुको काठमाडौंमा बिहीबार भएको भेलामा पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन्। पौडेलले राष्ट्रपति पदको मर्यादा कायम राख्ने भनाईसमेत राखेका छन्। पौडेलले भेलालाई संवोधन गर्दै संविधानको संरक्षकको रुपमा काम गर्ने, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र संविधानको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको भेलामा सहभागि काँग्रेसका एक सांसदले जानकारी दिए।
‘विगतका राष्ट्रपतिबाट भएका गल्ती कमिकमजोरी आफूले नदोहोर्याउने प्रतिaद्धता उहाँबाट आएको छ,’ भेलामा सहभागि काँग्रेस सांसदले भने, ‘संविधानको संरक्षकको रुपमा काम गर्ने, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र संविधानको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उहाँबाट व्यक्त भएको छ।’
भेलामा आठ दलका शीर्ष नेताहरूले पौडेललाई राष्ट्रपतिमा समर्थन गर्नु परेको कारणबारे आफ्ना सांसदहरूलाई अभिमुखिकरण गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित आठ दलका शीर्ष नेताको उपस्थितिमा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन सांसदहरूलाई अभिमुखीकरण गरिएको छ।
काठमाडौंको तीनकुनेमा आठ दलका शीर्ष नेताको प्रशिक्षण शुरु भइसकेको छ। आठ दलमा आबद्ध प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू अभिमुखिकरणमा सहभागि छन्। प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सांसद अब्दुल खानलगायतले सांसदलाई अभिमुखीकरण गर्ने छन्। ति दलले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन्।
आठ दलको तर्फबाट उम्मेदवार बनेका पौडेलले पनि सांसदहरूलाई छुट्टै संबोधन गर्दै राष्ट्रपतिमा सहयोगका लागि पत्र पठाएका छन्। आठ दलका तर्फबाट पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङविच राष्ट्रपति पदका लागि प्रतिश्पर्धा हुँदैछ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










