Kathmandu Press

नेम्वाङले रास्वपा कार्यालय पुगेर मागे राष्ट्रपतिका लागि मत

एमाले उपाध्यक्षसमेत रहेका उनी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरुका साथमा रास्वपाको कार्यालयमा पुगेका हुन्।
नेम्वाङले रास्वपा कार्यालय पुगेर मागे राष्ट्रपतिका लागि मत

काठमाडौं, फागुन १८ : नेकपा एमालेका तर्फबाट राष्ट्रपति उम्मेदवार रहेका सुवास नेम्वाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय बसुन्धारा पुगेर मत मागेका छन्।

एमाले उपाध्यक्षसमेत रहेका उनी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरुका साथमा रास्वपाको कार्यालयमा पुगेका हुन्। रास्वपाबाट भने सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेता सहभागी थिए

यसअघि नेम्वाङ एकीकृत समाजवादीसँग भोट माग्न गएका थिए। उनले राष्ट्रपति चुनावमा मत दिएर सहयोग गर्न आग्रह गरेका रास्वपाका एक नेताले बताए ।

राष्ट्रपति चयनका लागि २५ गते मतदान हुँदैछ। एमालेबाट नेम्वाङ र कांग्रेससहितको ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भनेर रास्वपाले आधिकारिक निर्णय गरिसकेको छैन।

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्