रामचन्द्रलाई राष्ट्रपतिमा जिताउन आठ दलको अभिमुखीकरण
काठमाडौंको तीनकुनेमा आठ दलका शीर्ष नेताको प्रशिक्षण सुरु भइसकेको छ। आठ दलमा आबद्ध प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू अभिमुखिकरणमा सहभागी छन्।
काठमाडौं, फागुन १८ : नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित आठ दलका शीर्ष नेताको उपस्थितिमा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन सांसदहरूलाई अभिमुखीकरण तालिम दिइएको छ।
काठमाडौंको तीनकुनेमा आठ दलका शीर्ष नेताको प्रशिक्षण सुरु भइसकेको छ। आठ दलमा आबद्ध प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू अभिमुखिकरणमा सहभागी छन्।
प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सांसद अब्दुल खानलगायतले सांसदलाई अभिमुखीकरण गर्नेछन्।
ती दलले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन्।आठ दलका तर्फबाट उम्मेदवार बनेका पौडेलले पनि सांसदहरूलाई छुट्टै सम्बोधन गर्दै राष्ट्रपतिमा सहयोगका लागि पत्र पठाएका छन्।
आठ दलका तर्फबाट पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङविच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुँदैछ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










