Kathmandu Press

राप्रपाले फिर्ता लियाे कर्णाली सरकारलाई दिएको समर्थन

राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज (बिहीबार) प्रदेश प्रमुख तिलक परियारसामु समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन्।
राप्रपाले फिर्ता लियाे कर्णाली सरकारलाई दिएको समर्थन

सुर्खेत, फागुन १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज (बिहीबार) प्रदेश प्रमुख तिलक परियारसामु समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन्।

प्रदेशसभा सदस्य शाहीले माओवादी केन्द्रबाट गत पुस २७ गते मुख्यमन्त्री बनेका शर्मालाई पार्टीले दिएको समर्थन फिर्ता लिइएको जानकारी गराएकी छन्।

केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण कर्णली प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो।

‘सत्ताको नेतृत्वकर्ता दलका साथै अन्य दलहरू आपसी सत्तास्वार्थमै रुमलिँदा सत्तामा बसिरहन उपयुक्त देखिएन,’ पत्रमा लेखिएको छ, ‘राप्रपा यस्तो सत्तास्वार्थमा सामेल नभई प्रतिपक्षबाटै मुलुक र जनताको हितका पक्षमा काम गर्ने पार्टीको केन्द्रीय निर्देशनअनुरुप प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं।’ 

कर्णाली प्रदेशमा राप्रपाकाे एक सिट मात्रै छ। राप्रपाले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कर्णाली सरकारले फेरि विश्वासको मत लिनुपर्ने भएको छ।

karnali1677742459.jpg

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्