Kathmandu Press

‘बिथोलिएको राजनीतिक वातावरण कांग्रेसको नेतृत्वमा सही ट्रयाकमा आएको छ’

उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताए।
‘बिथोलिएको राजनीतिक वातावरण कांग्रेसको नेतृत्वमा सही ट्रयाकमा आएको छ’

काठमाडौं, फागुन १८ : कांग्रेस नेता प्रकाशमान सिंहले केही समययता बिथोलिएको राजनीतिक वातावरण कांग्रेसको नेतृत्वमा सही ट्रयाकमा आएको बताएका छन्।

सिरहाको लहान नगरपालिकाले आज (बिहीबार) आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न धनुषा पुगेका बेला पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विगतमा ओवादीलाई शान्तिप्रक्रियामा ल्याउनेदेखि नयाँ संविधान जारी गरेर निर्वाचनहरू सम्पिन्न गर्ने काम मात्र नभएर पछिल्लाे समय गिजाेलिएकाे राजनीतिलाई सही बाटोमा डोर्याउने काम कांग्रेसको नेतृत्वमा भएको बताए। 

उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताए। आठदलीय गठबन्धनको समझदारीअनुरूप सरकार फेरबदल गरेर अघि बढ्ने र जनआकांक्षा पूरा गर्ने बताए। ‘२५ गते राष्ट्रपतिको निर्वाचन हुन्छ। चैत ३ गते उपराष्ट्रपतिको हुन्छ। त्यसपछि आठ दलको गठबन्धनको समझदारीअनुसार नयाँ किसिमले सरकार फेरबदल हुन्छ,’ उनले भने, ‘देशको चुनौती सामना गर्न हामी मलिेर अघि बढ्छौं।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकोको सरकारबाट एमाले बाहिरिनु र आठ दलीय गठबन्धन बन्नुलाई जनताको म्यान्डेटका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।

उनले राष्ट्रपतिमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलकाे जित सुनिश्चित रहेकाे उनले बताए। पाेडेलसँग एमाले उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्दैछन्।  

प्रकाशित मिति: १२:४१ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्