राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्न एकीकृत समाजवादीको पार्टी कार्यालय पुगे एमाले नेताहरु
राष्ट्रपतिका उम्मेदवार रहेका एमाले उपाध्यक्ष नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ माधव नेपाललाई भेट्न पुगेका हुन् ।
काठमाडौं, फागुन १८ : नेकपा एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
एकीकृत समाजवादीको आलोकनगस्थित पार्टी कार्यालयमा पुगेर नेताहरुले अध्यक्ष नेपाललाई भेटेका हुन् । भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि एमालेले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिका उम्मेदवार रहेका एमाले उपाध्यक्ष नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ माधव नेपाललाई भेट्न पुगेका हुन् ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने राष्ट्रपति पदमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने औपचारिक निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










