प्रदेशको नामाकरण भएको खुसियालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं, फागुन १८ : कोशी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नामाकरण भएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ को नाम ‘कोशी’ र ‘किराँत–लिम्बुवान–सगरमाथा’ गरी दुई प्रस्ताव टेबुल भएका थिए । तर तीन ठूला दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र ‘कोशी’को पक्षमा थिए ।
‘कोशी’को पक्षमा ८२ मत परेपछि बहुमतले प्रदेशको नामाकरण भएको हो । २०७४ को चुनावपछि प्रदेशसभाको पहिलो कार्यकाल सकिँदा समेत प्रदेश–१ ले नामाकरण गर्न सकेको थिएन । दोस्रो कार्यकाल सुरु भएको चार महिनामा प्रदेशको नामाकरण भएको छ ।
सोही खुसियालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
प्रकाशित मिति: १०:२४ बजे, बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










