नामकरण भएको उपलक्ष्यमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ को नामाकरण भएको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको हो ।
काठमाडौं, फागुन १८ : कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ को नामाकरण भएको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको हो । बुधबार प्रदेश १ ले आफ्नो प्रदेशको नाम कोशी राखेको छ।
बुधबार बसेको प्रदेश सभा बैठकले सो प्रदेशको नाम कोशी प्रदेश हुने टुंगो लगाएको हो । एमालेका सांसद रामबहादुर राना मगरले प्रस्ताव गरेको कोशी प्रदेशमा आवश्यक दुई तिहाइ मत जुटेपछि सोही नाम पारित भएको हो।
एमालेको सो प्रस्तावलाई कांग्रेस र माओवादी केन्द्रले समेत साथ दिएका थिए।
प्रकाशित मिति: ०६:३२ बजे, बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










