प्रदेश नं १ अब 'कोशी प्रदेश', दुई तिहाइबाट पारित
प्रदेश सभाको आज बसेको बैठकको दुई तिहाइ बहुमतबाट कोशी नाम पारित भएको हो । प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए ।
काठमाडौं, फागुन १७ : प्रदेश १ को नाम कोशी कायम भएको छ ।
प्रदेश सभाको आज बसेको बैठकको दुई तिहाइ बहुमतबाट कोशी नाम पारित भएको हो । प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ विपक्षमा चार मत परेको हो । यो प्रक्रियामा ६ जना सांसद अनुपस्थित थिए । कोशीको पक्षमा कांग्रेस र एमाले समेत एकमत थिए । राप्रपाले पनि कोशीलार्इ समर्थन गरेको थियो ।
यसअघि नाम संशोधनका लागि दिइएको दुई घण्टाको समयमा कमलप्रसाद जबेगु र राजेन्द्र राईले संशोधन दर्ता गरेका थिए ।
पहिचानको आधारमा नाम राख्नुपर्ने मागसहित प्रदेशसभामा राईले किराँत–लिम्बुवान–सगरमाथा नाम दर्ता गराएका थिए । सभाले राईको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
प्रकाशित मिति: २२:३१ बजे, बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










