Kathmandu Press

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्दछ : प्रधानमन्त्री

आज अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का महानिर्देशक डा ब्रुनो ओबेरलसहितको एक  प्रतिनिधिमण्डल सँगको छलफलमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।
नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्दछ : प्रधानमन्त्री

काठमाडौं, फागुन १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्ने बताएका छन् । 
    
आज अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का महानिर्देशक डा ब्रुनो ओबेरलसहितको एक  प्रतिनिधिमण्डल सँगको छलफलमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक स्रोतरसाधनको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
    
आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यप्रति सन्तोष व्यक्त गरे । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को सदस्य राष्ट्र रहेको छ । 

प्रकाशित मिति: २०:०८ बजे, बुधबार, फागुन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्