Kathmandu Press

भारतबाट इन्धनको मूल्य घटेर आयो

नेपाल आयल निगमका अनुसार आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ ५ पैसा, मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाएको हो । 
भारतबाट इन्धनको मूल्य घटेर आयो

काठमाडौं, फागुन १७ : इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । 

नेपाल आयल निगमका अनुसार आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ ५ पैसा, मट्टीतेलमा तीन रुपैयाँ ४० पैसा र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसा घटाएर पठाएको हो । 

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले बताएको छ ।  

नयाँ मूल्य सूची अनुसार निगमलाई आगामी १५ दिनमा ४४ करोड रुपैयाँ फाइदा हुने देखिएको छ ।

प्रकाशित मिति: १८:५९ बजे, बुधबार, फागुन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्