Kathmandu Press

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भेन रेन्जो  

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भेन रेन्जो  

काठमाडौं, फागुन १७ : अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  

विवादकाबीच बुधबार ललितपुरमा बसेको एन्फा कार्यसमितिको बैठकले ३ जना सहायक महासचिव नियुक्त गर्ने पनि निर्णय गरेको छ । बैठकले बसन्त अर्याल, दामोदर भट्टराई र अरुणमान जोशीलाई सहायक महासचिव नियुक्त गरिएको हो । 

बैठकले सिइओ नियुक्तीका लािग सूचना प्रकाशन गर्ने र सह कोषाध्यक्ष्मा पूर्णमान चित्रकारलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले चैत्र ६ गतेदेखि १७ गतेसम्म हुने नेपाल भुटान लाओस सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगितालाई प्रधानमन्त्री थ्रिनेसन कप नामाकरण गर्ने र प्रतियोगिताको लागि टिकट दर साधारण प्याराफिट तर्फ रु ५०० र भि आई पि तर्फ रु १००० तोक्ने निर्णय गरेको छ । 

त्यस्तै पेरिस ओलम्पिक २०२४ महिला छनोट एसिया क्वालिफायर राउण्ड १ को समुह सि को खेल चैत्र २० देखि २८ गतेसम्म नेपाल, भियतनाम, अफगानिस्तानको सहभागितामा दशरण रंगशाला आयोजना गर्ने निर्णय भएको छ भने जिल्ला लिग आगामी वैशाख महिना बाट सन्चालन गर्ने निर्णय गरेको छ ।  

प्रकाशित मिति: १७:२६ बजे, बुधबार, फागुन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्