युएई गए सन्दीप लामिछाने, भोलिको म्याच खेल्ने सम्भावना
नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा बुधबार दिउँसो ३ बजेको उडानबाट उनी युएई प्रस्थान गरेका हुन् ।
काठमाडौं, फागुन १७ : सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा बुधबार दिउँसो ३ बजेको उडानबाट उनी युएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) का कार्याबाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए।
सर्वोच्च अदालतले सन्दीपमाथिको प्रतिबन्ध हटाएपछि क्यानले उनलाई युएई लैजाने तयारी गरेको थियो । आइसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले भोलि युएईसँग खेल्दै छ । सम्भवतः भोलिकै खेलमा सन्दीपले खेल्नेछन् ।
उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्याबाहक सचिव दुर्गाराज पाठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्वीकृति दिएपछि सन्दीप दुबई गएको बताए । टिम व्यवस्थापनले चाहेमा उनले बिहीबार युएईविरुद्धकै खेल खेल्न पाउने उनको भनाइ छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










