प्रदेश १ को नामाकरण गर्न प्रदेशसभा बैठक सुरु

काठमाडौं, फागुन १७ : प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको छ ।
आजको बैठकबाट प्रदेशको नामाकरणबारे पेस भएका प्रस्तावबारे छलफल गर्दै आजै प्रदेशको नाम पारित गर्ने तयारी छ।
नेकपा एमालेले प्रदेशको नाम कोसी प्रस्ताव गरेको छ । उक्त प्रस्तावको पक्षमा कांग्रेस र माओवादी केन्द्रले पनि उभिएको छ । जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले भने लिम्बुवान किरात सगरमाथा प्रस्ताव गरेको छ ।
प्रदेशको नामाकरणका लागि दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने प्रावधान छ । तीन ठूला दलहरु एमाले, कांग्रेस र माओवादी मिल्दा दुई तिहाई पुग्छ ।
प्रकाशित मिति: १५:३२ बजे, बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










