Kathmandu Press

नेपाल उपाधिका लागि म्यानमानरसँग भिड्दै

काठमाडौं, फागुन ३ : हिरो गोल्डकपको उपाधिका लागि आज नेपाल र म्यानमानर भिड्दै छन् ।

शुक्रबार साँझ ६ बजे भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा ....

नेपाल उपाधिका लागि म्यानमानरसँग भिड्दै

काठमाडौं, फागुन ३ : हिरो गोल्डकपको उपाधिका लागि आज नेपाल र म्यानमानर भिड्दै छन् ।

शुक्रबार साँझ ६ बजे भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र म्यानमानर भिड्ने छन् । आज विजयी भए नेपाली राष्ट्रिय टोलीको पहिलो अन्तर्राष्ट्रिय उपाधि हुने छ ।

नेपालले प्रतियोागताको पहिलो खेल म्यान्मारसँग खेलेको थियो । जसमा ३–० ले पराजित भएको थियो । त्यसपछिका दुई खेलमा भने भारत र इरानलाई हराएको थियो । म्यानमार भने लिग चरणका सबै खेल जितेर फाइनलमा प्रवेश गरेको हो ।

फिफा बरियतामा नेपालभन्दा म्यानमार निकै माथि छ । नेपाल १०८औं र म्यानमार ४४औं स्थानमा छ ।

अहिलेसम्म नेपालले अन्तर्राष्ट्रिय उपाधि जितेको छैन् । सन् २०१०, २०१२, २०१४ को साफ महिला च्याम्पियनसिपको अन्तिम चरणमा भारतसँग पराजित भएको थियो । यस्तै सन् २०१० र २०१६ मा दक्षिण एशियाली खेलकूद (साग) मा पनि भारतसँगै पराजित भएको थियो ।

नेपाल र म्यान्मा चार महिनायता तेस्रो पल्ट भिड्न लागेका हुन् । गत नोभेम्बरमा म्यान्माको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एशियाली छनोटको पहिलो चरणको भेटमा नेपालले म्यान्मालाई १–१ मा रोकेको थियो ।

आज भने म्यानमारलाई रोकेर नेपालले उपाधि जित्ने प्रशिक्षक हरि खड्काको विश्वास छ । “हामी अन्तिम चरणमा अलि रणनीति बदलेर खेल्नेछौं, पहिला गोल खाएनौँ भने जित्न सक्छौं किनभने शुरुमै गोल खायौं भने हाम्रा खेलाडीले सन्तुलन गुमाउने गरेका छन,’’ प्रशिक्षक खड्काले भने ।

 

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, फागुन ३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्