प्रदेश १ को नामाकरणमा विरोध रोक्न विराटनगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा
बुधबार प्रदेश नामाकरणको तयारी हुँदै गर्दा विरोध प्रदर्शन हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मोरङ प्रशासनले अपराह्न ३ बजेदेखि विभिन्न स्थानमा अनिश्चिकालका लागि निषेधाज्ञा जारी गरेको हो ।
काठमाडौं, फागुन १७ : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
बुधबार प्रदेश नामाकरणको तयारी हुँदै गर्दा विरोध प्रदर्शन हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मोरङ प्रशासनले अपराह्न ३ बजेदेखि विभिन्न स्थानमा अनिश्चिकालका लागि निषेधाज्ञा जारी गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्राईका अनुसार प्रदेश नामाकरणको विषयलाई लिएर असहमत पक्षबाट संभावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाको समयभर कुनैपनि किसिमका सभा, जुलुस, भेला, ¥याली, धर्नाजस्ता कामहरु गर्न पाइने छैन । आदेशको उल्लंघन भएको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
बुधबार प्रदेशको नाम ‘कोसी’ र ‘किरात लिम्बुवा सगरमाथा’ राख्ने दुई प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










