चित्लाङमा होटल तथा पर्यटन व्यवसायी संघ बाग्मती प्रदेशको अधिवेशन (तस्बिरहरु)

काठमाडौं, फागुन १७ : होटल तथा पर्यटन व्यवसायी संघ, बाग्मती प्रदेशको दोस्रो अधिवेशन सुरु भएको छ ।
बुधबार मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा संघको अधिवेशन सुरु भएको हो । अधिवेशनमा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल प्रमुख अतिथि छन् ।
अधिवेशनमा ‘नेपालको पर्यटनको वर्तमान अवस्था र आन्तरिक पर्यटन प्रवर्द्धनमा होटल क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।
उक्त अन्तरक्रियामा बाग्मती प्रदेश सरकारका मन्त्रीहरु, मकवानपुर जिल्लाका जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाहरुको सहभागिता हुने बताइएको छ ।
तस्बिरहरू : कल्याण थापामगर / काठमाडाैंप्रेस

प्रकाशित मिति: १४:०५ बजे, बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










