प्रदेश १ को नामाकरणका लागि एकीकृत समाजवादी र जसपाले दर्ता गरायो फरक प्रस्ताव

काठमाडौं, फागुन १७ ः प्रदेश १ को नामाकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै प्रस्ताव पेस गरेको छ ।
बुधबार एकीकृत समाजवादी र जसपाले प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्ने प्रस्ताव दर्ता गरेका हुन् ।
एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।
यसअघि नेकपा एमालेले कोसी प्रदेश नामकरणका लागि प्रस्ताव दर्ता गराएको छ । उक्त प्रस्तावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कोसी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: १३:३१ बजे, बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










