Kathmandu Press

प्रदेश १ को नाम ‘कोसी’ राख्न तीन ठूला दल सहमत

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र प्रदेश नामाकणका सन्दर्भमा अन्नतः एकै ठाउँमा उभिएका हुन् । 
प्रदेश १ को नाम ‘कोसी’ राख्न तीन ठूला दल सहमत

काठमाडौं, फागुन १७ : प्रदेश १ को नामाकरणको विषयमा तीन ठूला दलबीच सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र प्रदेश नामाकणका सन्दर्भमा अन्नतः एकै ठाउँमा उभिएका हुन् । 

प्रदेशको नामाकरण गर्ने प्रयोजनका लागि आज प्रदेशसभाको बैठक बोलाइएको छ । नेपाली कांग्रेस र नेकपा एमाले प्रदेशको नाम ‘कोसी’ राख्न सहमत भएका थिए । उक्त प्रस्तावमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहमत थियो । 

कांग्रेस–एमालेको प्रस्तावमा माओवादी केन्द्रले भने फरक मत राखेको थियो । उसले पहिचानसहितको नाम दिनुपर्नेमा जोड दिएको थियो । प्रदेश सभा सचिवालयले प्रदेशको नाम प्रस्ताव गर्न बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरेको थियो । तर, सो अवधिमा कुनैपनि नाम टेबुल नभएपछि प्रस्तावका लागि एक घन्टा समय थप गरिएको थियो । 

लगत्तै बसेको माओवादी प्रदेश संसदीय दलको बैठकमा ‘कोसी’ मै सहमति गर्ने निर्णय गरेको हो । माओवादीका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार बैठकले ‘कोसी’ नाममा सहमति जुटाएको हो । 

तीन ठूला दल र राप्रपाले समेत ‘कोसी’मा सहमति जनाएपछि आजै उक्त नाम प्रस्ताव टेबुल गर्ने तयारी छ ।

९३ सदस्यीय प्रदेशसभामा प्रदेश नामाकरणका लागि दुई तिहाइ बहुमत चाहिन्छ । यहाँ एमालेको ४० सिट र कांग्रेसको २९ सिटको कांग्रेस एकै ठाउँमा उभिँदा दुई तिहाई पुग्छ 

प्रकाशित मिति: १२:५४ बजे, बुधबार, फागुन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्