Kathmandu Press

ठगीको आरोपमा शिवानन्द स्वामी पक्राउ

काठमाडौं, पुस २८ : शिवानन्द स्वामी ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई सोमबार महानगरीय अपराध अनुसन्धान शाखाको टोलीले पक्राउ गरेको हो।

उ....

ठगीको आरोपमा शिवानन्द स्वामी पक्राउ

काठमाडौं, पुस २८ : शिवानन्द स्वामी ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई सोमबार महानगरीय अपराध अनुसन्धान शाखाको टोलीले पक्राउ गरेको हो।

उनको नाम दीपक भण्डारी भएपनि शिवानन्द स्वामीको नामले परिचित छन्। उनलाई ठगीको आरोपमा पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका वरिष्ठ प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए।

उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्दै ठगेको उजुरी परेको छ। ठगेको भन्दै चार जनाले उजुरी दिएको एसएपसी थापाले बताए।

प्रहरीले अरु पनि पीडित भएको जनाएको छ। ‘शिवानन्द स्वामीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं,’ एसएसपी थापाले भने।

उनले चेक रिपब्लिक पठाउने भन्दै आफ्नै शिष्यहरुबाट पैसा लिएका थिए। पैसा लिएको महिनौ बित्दा पनि नपठाएपछि उनीहरुले शिवानन्द स्वामी विरुद्ध उजुरी दिएका हुन्।

उनले टौदहमा आश्रम पनि बनाएका छन्। तन्त्रविद्याको ज्ञान भएको जनाउँदै आश्रममा बस्दै आएको प्रहरीले जनाएको छ। उनलाई भेट्न सर्वसाधारण पनि आश्रममा पुग्ने गरेका छन्।

प्रकाशित मिति: ०४:३३ बजे, सोमबार, पुस २८, २०७६