प्रतिनिधि सभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित
आज दिउँसो १ बजेका लागि तय भएको बैठक स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
काठमाडौं, फागुन १७ : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि तय भएको बैठक स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
संसद सचिवालयले जारी गरेको सूचनामा आजको बैठक विशेष कारण बस्न नसक्ने उल्लेख छ । अब अर्को बैठक चैत ५ गते दिउँसो १ बजे बस्ने भएको छ ।
फागुन २५ गते राष्ट्रपतिको चुनावलगत्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने छ । उपराष्ट्रपतिको निर्वाचन पछि मात्रै प्रतिनिधि सभाको बैठक बस्ने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि मात्रै विश्वासको मत लिने भनेका छन् । सम्भवतः सोही बैठकमा प्रधानमन्त्रीले विश्वासको मत प्रस्ताव गर्नेछन् ।
प्रकाशित मिति: ११:४५ बजे, बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










