Kathmandu Press

प्रहरीकाे भ्यानबाट हामफालेर भागेका अभियुक्त पक्राउ

प्रहरीकाे भ्यानबाट हामफालेर भागेका अभियुक्त पक्राउ

धनुषा, फागुन १७ : धनुषा प्रहरीले भ्यानबाट हामफालेर फरार भएका एक अभियुक्तलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया रहेका छन।

जबरजस्ती करणी मुद्दाका अभियुक्त  रहेका मुखिया  प्रहरी भ्यानबाट गत फागुन १४ गते पानीमा हामफालेर भागेका थिए।

उनलाई धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनवा नजिकै भारतीय सीमा क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ। उनी भारतीय भूमितर्फ जान लुकीछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अदालतमा म्याद थपका लागि लगेर प्रहरी कार्यालय ल्याउँदै गर्दा उनी फरार भएका थिए।

थुनुवालाई राखेको गाडीमा सुरक्षार्थ खटिएका ६ जना प्रहरीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीको भनाइ छ।

प्रकाशित मिति: ०९:५७ बजे, बुधबार, फागुन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्