प्रदेश १ संसद बैठकमा प्रदेशकाे नामकरण गर्न दलहरुकाे गृहकार्य तीव्र

काठमाडाैं, फागुन १७ : प्रदेश १ संसदमा आज प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ।
प्रदेश १ को नामकरण गर्नका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन ।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेशसभामा आजै नामको विषयले प्रवेश पाउने सम्भावना छ । दलहरुबीच सहमति भए आज नामको विषयले औपचारिक रुपमा प्रवेश पाउने उनले बताए ।
नाम टुङ्गो लगाउने विषयमा दलहरु एक मत भएपनि के नाम प्रस्ताव गर्ने भन्ने मतभेद रहेकाे छ । दलहरुबीच कोसी र किराँत नाममा छलफल केन्द्रित छ ।
प्रकाशित मिति: ०९:१८ बजे, बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










