शाहिद कपूरको ओठमा १३ टाँका
काठमाडौं, पुस २८ : बलिउड अभिनेता शाहिद कपूर फिल्म छायांकनको क्रममा घाइते भएका छन्। उनको ओठमा १३ टाँका लागेका छन्।
अहिले फिल्म ‘जर्सी&r....

काठमाडौं, पुस २८ : बलिउड अभिनेता शाहिद कपूर फिल्म छायांकनको क्रममा घाइते भएका छन्। उनको ओठमा १३ टाँका लागेका छन्।
अहिले फिल्म ‘जर्सी’ छायांकन चलिरहेको छ। तेल्गु ब्लकबस्टर फिल्म ‘जर्सी’को बलिउड रिमेक बन्न लागेको हो। यो फिल्म छायांकनको क्रममा शाहिद घाइते भएका हुन्।
चन्डिगढमा क्रिकेट खेलिरहेको सिन लिइँदै थियो। त्यहि क्रममा बल उनको ओठमा लागेको हो। ओठमा घाउ भएको छ। जसमा १३ टाँका लागेको जनाएको छ।
उनी घाइते भएपछि ‘जर्सी’को छायांकन रोकिएको छ।
उनको अघिल्लो सिनेमा ‘कबिर सिंह’को समीक्षात्मक एवं व्यापारिक सफलता लगत्तै उनले फिल्म जर्सी साइन गरेका थिए। जर्सीले ३६ वर्षीय क्रिकेटरको जीवनलाई पर्दामा उतार्छ।
यस फिल्मलाई गोथाम तिन्नानुरीले निर्देशन गरिरहेका छन्। यसमा शाहिदसँगै मृणाल ठाकुर, पंकज कपूरलगायतका कलाकारको अभियन रहेको छ।
यो फिल्म २८ अगस्टमा रिलिज गर्ने योजना रहेको छ।












