हात्तीकाे आक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले आर्थिक सहयाेग गर्ने

मकवानपुर, फागुन १३ : वाग्मती प्रदेश सरकारले हात्तीको आक्रमणमा मृत्यु भएकाहरूकाे परिवारलाई आर्थिक सहयाेग उपलव्ध गराउने भएकाे छ। हात्ती आक्रमणबाट मृत्यु भएका तीन जनाका परिवारलाई १/१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हाे।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका मकवानपुर मनहरी-४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया-५ का सन्तलाल माझी र सिन्धुली कनपा-१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलका परिवारलाई १/१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
सिन्धुलीका पौडेलको १३ गते, मकवानपुरकी अधिकारीको फागुन ८ गते हात्तीको आक्रमणका कारण ज्यान गएको थियो ।
प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










