Kathmandu Press

जनमत पार्टी सरकारबाट बाहिरिँदैन : अध्यक्ष राउत

जनमत पार्टी सरकारबाट बाहिरिँदैन : अध्यक्ष राउत

काठमाडाैं, फागुन १६ : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताएका छन।

पार्टीको भातृ सङ्गठन ‘विद्यार्थी जनमत सङ्घ’को आज कोटेश्वरमा भएको केन्द्रीय बैठक तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनमत पार्टीका लागि अहिले सरकार छोड्नुपर्ने परिस्थिति नरहेको बताएका हुन। 'अहिले सरकारबाट बाहिरिने कुनै त्यस्तो परिस्थिति बनेको छैन । अरू पार्टीको माग पूरा नभएर बाहिरिएका होलान,' अध्यक्ष राउतले भने।

अध्यक्ष राउतले सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि वर्तमान नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार नफेरिने उल्लेख गरे। उनले आगामी राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने स्पष्ट पारे।

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, फागुन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्