राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको निर्वाचनपछि विश्वासको मत लिने भएका छन् ।
मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिने बताएकी हुन् ।
मन्त्री शर्माले यसअघि सरकारलाई समर्थन गरेका केही दलहरुले समर्थन फिर्ता लिइसकेका कारण कानुनले व्यवस्था गरेको समयसिमाभित्रै प्रधानमन्त्रीले विश्वासको मत लिने बताएकी हुन् ।
राष्ट्रपतिको निर्वाचन नजिक आइसकेका कारण त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी रहेको मन्त्री शर्माले बताइन् । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि मन्त्रीमण्डल पुनर्गठन गरिने पनि जानकारी दिइन्।
प्रकाशित मिति: १८:०३ बजे, मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










