खेलकुदमा बजेट बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बर्ष खेल क्षेत्रमा बजेट बढाउने प्रतिवद्धता जनाएका छन् ।
ललितपुरको च्यासलमा रहेको फुटबल रंगशालाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आउने बजेटमा खेल क्षेत्रमा पहिलेभन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले यस क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गर्दा समस्या हुने गरेको भन्दै अव त्यस्तो नहुने उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले देशका सबै प्रदेश, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा आवश्यक नीति, योजना र कार्यक्रम बनाएको जानकारी दिए। उनले खेल क्षेत्रलाई संस्थागत र विकसित गर्न सके मात्रै समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुने र सिङ्गै राष्ट्र पनि सबल रूपमा अघि बढ्ने आधार निर्माण हुने धारणा राखे।
बागमती किनारमा रहेको च्यासल रंगशालामा तीन पट्टी प्यारापिट बनाइएको छ भने चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम लगाएत निर्माण गरिएको छ । कार्यक्रममा कलाकार र एन्फा पदाधिकारीबीच मैत्रीपूर्ण फुटबल खेलाएका थिए ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










