अबको राष्ट्रपतिले दलको प्रतिनिधित्व नझल्कने गरी काम गर्नुपर्छ : सिके राउत

काठमाडौं, फागुन १६ : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अवको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने, सरकारले पठाएका बिधेयकहरुलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अवको राष्ट्रपतिले काम गर्नुपर्ने बताएका हुन्।
यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका बिधेयकहरु राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौ युवाहरु नागरिकता विहिन हुनपुगेको उनको भनाइ छ ।
राउतले राष्ट्रपति र सभामुख एउटै पार्टी हुदा निरंकुशता जन्माउने आधारहरु रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए। उनले अहिले पनि माओवादी कै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको पनि बताए।
अरु पार्टीहरुको बिभिन्न कारणहरु रहेपनि जनमत पार्टीका लािग सरकार छाड्ने परिस्थीति नबनेको उनले बताए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










