Kathmandu Press

दीपेशको घातक बलिङमा मलेसिया ७२ रनमै अलआउट

दीपेशको घातक बलिङमा मलेसिया ७२ रनमै अलआउट

काठमाडौं, फागुन १६ : युएईमा जारी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले सादनर बलिङ गरेको छ। प्रतियोगितामा चौथो खेल खेलिरहेको नेपालले मलेसियालाई ७२ रनमै अलआउट गरेको छ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि दीपेश कँडेलले घातक बलिङ गरे। उनले १० ओभरमा ४ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए।

मलेसियाका लागि ३ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। उसको मुहम्मद अक्रमले सर्वाधिक २६ रन बनाउँदा मोहम्मद हरिल र मुहम्मद सयरले समान १२ रन बनाए।

नेपालका लागि दीपेशका अलावा आकाश चन्दले ३ तथा मिलन बोहराले २ विकेट लिए। आकाशले ३।३ ओभरमा ९ रन मात्र खर्चिए भने मिलनले ९ ओभरमा ५ मेडनसहित ८ रन खर्चिए।

प्रतियोगितामा लागतार तीन जित निकालेको नेपाल युएईसँग रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ। ६ टिम सहभागी छनोटमा शीर्ष स्थानमा रहने टिमले श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्ने छ।

प्रकाशित मिति: १३:३४ बजे, मंगलबार, फागुन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्