प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । फागुन ११ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा शर्मालाई प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले निर्णय गरेपछि शर्माले प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र सोमबार बुझेका छन् । डा. शर्माले हाल पाटन स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर हुन् ।
नेपालमा दुई विषयमा एमडी गरी विदेशबाट फेलोसिप समेत गरेका डा शर्मा नेपालका अब्बल चिकित्सकमध्येमा गनिन्छन् । डा शर्माले उच्च विशेषज्ञता इन्टनरल मेडिसिन र पेट तथा कलेजो विषयमा गरेका छन्।
सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएका कारण डा शर्माले पाटन अस्पतालको मात्रै सेवा–सुविधा लिने बताए ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










