सरकारमा जान मेरो दाबी छैन : कांग्रेस नेता खड्का
कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै उपसभापति खड्काले आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका हुन् ।
काठमाडौं, फागुन १६ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने बताएका छन् ।
कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै उपसभापति खड्काले आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका हुन् । गत पुस १० गते भत्किएको गठबन्धनलाई पुनः स्थापित गर्ने संकल्प पूरा गरिएको भन्दै उनले अब कुनै कुरामा आफ्नो दाबी नभएको बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुनः स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ। अब मेरो दाबी कुनै कुरामा छैन ।’
प्रकाशित मिति: ०७:५० बजे, मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










