Kathmandu Press

‘निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ’

मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवक (प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी)को उपचारको व्यवस्था गर्ने गरी राष्ट्रसेवक अस्पतालको अस्पतालको विकास गर्नुपर्ने बताए। उनले सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गरिने पनि बताए।
‘निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ’

काठमाडौं, फागुन १५ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

अस्पताल अनुगमनका क्रममा मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवक (प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी)को उपचारको व्यवस्था गर्ने गरी राष्ट्रसेवक अस्पतालको अस्पतालको विकास गर्नुपर्ने बताए। उनले सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गरिने पनि बताए।

स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्ने बताउँदै अनुगमनका क्रममा मन्त्री मोदीले लामो समयदेखि रोकिएको अस्पताल र कर्मचारीको वृद्धिविकासतर्फ आफूले ध्यान दिने उल्लेख गरे।

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले अस्पतालले हालसम्म गरेका कामका बारेमा जानकारी गराएका थिए। उनले अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए।

प्रकाशित मिति: २०:५७ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्