Kathmandu Press

यस्तो छ अब काम गर्ने पर्यटन मन्त्रीको कामको सूची

सोमबार मन्त्रलायमा पत्रकारहरुलाई भेट गर्दै मन्त्री किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गरे ।
यस्तो छ अब काम गर्ने पर्यटन मन्त्रीको कामको सूची

काठमाडौं, फागुन १५ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफूले अब गर्ने कामको सूची सार्वजनिक गरेका छन्।

सोमबार मन्त्रलायमा पत्रकारहरुलाई भेट गर्दै मन्त्री किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गरे ।

मन्त्री किरातीले पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीन महिने अभियान, नेपाल नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिलामाथि हुने दुव्र्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको बताए। उनले सरसफाइ संस्थागत गर्न निर्देशिका तयार गरिनुका साथै सम्पदा क्षेत्रमा यातायत सञ्चालन गर्ने, ग्राउण्डेड जहाज छानबिन समिति गठन गर्ने पनि योजना रहेको बताए।

यस्तै मन्त्री किरातीले हवाई नागरिक उड्डयन विधेक प्रक्रिया अघि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने काम पनि आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे।

उनले मन्त्री बनेको ४२ दिनमा पाँचवटा काम सम्पन्न गरेको बताए। सो भेटघाटमा उनले नेपाल वायुसेवा निगमको अनलाइन टिकट, सरसफाइ र व्यवस्थापकीय सुधार, हवाई सुरक्षासम्बन्धी निर्देशन, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदनका साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको व्यवस्थापन काम सम्पन्न गरेको बताए।

प्रकाशित मिति: २०:१४ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्