Kathmandu Press

कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुन्छ : कामु प्रधानन्यायाधीश कार्की

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्य समितिसँगका भेटमा कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको छविलाई माथि उठाउनका लागि कुनै पनि दबाब र प्रभावमा नपरी कानुन र प्रमाणका आधारमा मात्र फैसला हुने बताए।
कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुन्छ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं, फागुन १५ : कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुने स्पष्ट पारेका छन्।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्य समितिसँगका भेटमा कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको छविलाई माथि उठाउनका लागि कुनै पनि दबाब र प्रभावमा नपरी कानुन र प्रमाणका आधारमा मात्र फैसला हुने बताए।

‘न्यायपालिकामाथि जनविश्वास वृद्धि गर्नुपर्ने जरुरी छ, सबै न्यायाधीशलाई मैले कानुन र प्रमाणका आधारमा मात्र मुद्दामा फैसला गर्नुहोस् भनेको छु’, उनले भने, ‘कसैको पनि भनसुनमा नलाग्नुस्, दबाब र प्रभावमा नलाग्नुस्, न्याय परिषद्को सदस्यको सम्म पनि कुरा नसुन्नुस् भनेको छु।’

न्यायको छविलाई माथि उठाउनका लागि सकारात्मक वातावरण बनाउन आफूले काम गरिरहेको बताउँदै उनले सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीशको कमी भए पनि मुद्दाको फर्स्यौटमा तीव्रता दिएको उल्लेख गरे।

कामु प्रधानन्यायाधीश कार्कीले स्रोत साधनको कमीका कारण भनेअनुसार काम गर्न नसके पनि भएका जनशक्तिले उच्च मनोबलका साथ काम गरिरहेको र त्यसमा पनि पाँच वर्ष नाघेका मुद्दालाई बढी प्राथमिकता दिएर फर्स्यौटमा लागेको र अन्तरिम आदेशमा एक हप्ताभित्र नै पेसी दिने व्यवस्था सुरु गरिसकेको बताए।

‘विकास निर्माणका विषयमा धेरै अन्तरिम आदेश भएर काम रोकिएको भन्ने कुरा पनि आउने गरेका छन् । हामीले त्यस्ता मुद्दालाई प्राथमिकतामा राखेर छिटो फर्स्यौट गर्ने प्रयास गरिरहेका छौं । विधान र कानुनले व्यक्तिलाई दिएको हक अधिकारअनुसार हामीले मुद्दामा हेर्नुपर्ने हुन्छ, कानुन बमोजिम अदालतले फैसला गर्ने हो,’ कामु प्रधानन्यायाधीश कार्कीले भने।

सर्वोच्च अदालतमा भएको ३० हजार मुद्दामा करिब २८ हजारमा झारेको उनले बताए । समयमा इजलास बस्ने र एक मिनेट पनि समय खेर नफाली काम गरी मुद्दाको औचित्यलाई मर्न नदिने तरिकाले काम गरिरहेको बताए।

प्रकाशित मिति: १९:३९ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्