Kathmandu Press

प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहलाई पारिश्रमिक उपलब्ध नगराउने

प्रतिष्ठानको नयाँ कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आजीवन सदस्यहरुले दोहोरो सुविधा लिएकाले फाल्गुन महिनादेखि प्रतिष्ठानबाट पारिश्रमिक÷सुविधा उपलव्ध नगराउने निर्णय भएको जानकारी दिएको हो।
प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहलाई पारिश्रमिक उपलब्ध नगराउने

काठमाडाैं, फागुन १५ : नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहरुलाई पारिश्रमिक/सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ।

प्रतिष्ठानको नयाँ कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आजीवन सदस्यहरुले दोहोरो सुविधा लिएकाले फाल्गुन महिनादेखि प्रतिष्ठानबाट पारिश्रमिक÷सुविधा उपलव्ध नगराउने निर्णय भएको जानकारी दिएको हो।

नेपाल प्रज्ञा प्रष्ठिानको ऐन बमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने भएकाले विश्वविद्यालयहरु तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजिवन सदस्यहरुलाई प्रतिष्ठानबाट पारिश्रमिक/सुविधा उपलव्ध नगराउने निर्णइ भएको प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले जानकारी दिनुभयो। उहाले प्रतिष्ठानको निर्णयप्रति असहमति भए जानकारी गराउन पनि आग्रह गरेका छन्।

दोहोरो भत्ता लिने प्रवृतिलाई अन्य गर्न प्रतिष्ठानले पहल सुरु गरेको उहाले बताए। त्यस्तै प्रतिष्ठानले परिषद् सदस्यहरुको कार्यबिभाजन पनि गरेको छ। 

प्रकाशित मिति: १८:२४ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्