Kathmandu Press

सर्वोच्चले सन्दीपलाई दियो विदेश जाने अनुमति

सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको  इजलासले सन्दीपलाई विदेश जान अनुमति दिने निर्णय गरेको हो।
सर्वोच्चले सन्दीपलाई दियो विदेश जाने अनुमति

काठमाडौं, फागुन १५ : सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको छ । 

सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको  इजलासले सन्दीपलाई विदेश जान अनुमति दिने निर्णय गरेको हो। सर्वोच्चले सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई पनि सदर गरेको छ ।   

यससँगै आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिज खेल्न जान पाउने भएका छन् । सन्दीपले गत विहीबार सर्वोच्चमा रिट निवेदन दिएका थिए । 

शुक्रबारको सुनुवाईमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सन्दीपलाई विदेश जान तत्काल अनुमति दिन नसक्ने आदेश गर्दै उनीविरुद्ध दायर भएको मुद्दालाई समेत एकैठाउँमा राखेर सुनुवाई गर्ने आदेश गरेका थिए ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उक्त आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन दिएको थियो । 

उनीविरुद्ध नाबालिग बलात्कारको अभियोग भने काठमाडौं जिल्ला अदालतमा विचाराधिन छ । 

प्रकाशित मिति: १७:४१ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्