Kathmandu Press

खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन मन्त्री खानकाे आग्रह

नेपाल खानेपानी संस्थाको ३४ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कर्मचारीलाई उचालेर राजनीति गर्दा संस्थामा चूनौति आएको भन्दै संस्थानलाई राजनीतिको अखडा नवनाउन आग्रह गरेका हुन्।
खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन मन्त्री खानकाे आग्रह

काठमाडाैं, फागुन १५ : खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गरेका छन्।

नेपाल खानेपानी संस्थाको ३४ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कर्मचारीलाई उचालेर राजनीति गर्दा संस्थामा चूनौति आएको भन्दै संस्थानलाई राजनीतिको अखडा नवनाउन आग्रह गरेका हुन्।

उनले राजनीति गर्ने भए फिल्डमा आउन कर्मचारीलाई चूनौति दिनुभयो। उहाले अनावश्यक राजनीति गरे संस्थालाई युनियनमुक्त बनाइदिने चेतावनी दिए। अहिले व्यक्तिगत स्वार्थका लागि नभएर सहज रुपमा खानेपानी सेवा उपलव्ध गराउन केन्द्रित हुनुपर्ने उनले बताए।

कर्मचारीको सेवा सुविधाका लागि विनियमावलीको फाइल अघि बढाउन निर्देशन दिएको र अघि बढेको भन्दै उहाले अर्थ मन्त्रालय र मन्त्रीपरिषद्ले स्वीकृत नगरे आन्दोलन गर्न सुझाव दिए।

त्यस्तै उनले संस्थालाई दिएको कर्तव्य पूरा गरे  मात्रै अधिकारका लागि आन्दोलन गर्न सुहाउने धारणा राखे।

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, फागुन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्